पाँच जनाको समूहबाट किशोरी बलात्कृत, दुई आरोपी पक्राउ, तीन जना फरार


१ भाद्र २०७६, आईतवार
Rape for nayapage

कैलाली, १ भदौं । कञ्चनपुरकी एक किशोरी पाँच जनाको समूहबाट बलात्कृत भएकी छन् । सामुहिक बलात्कारमा परेको आरोपमा परिवार र स्थानीय प्रहरीमा उजुरी दिएका छन् ।

शुक्लाफाँटा नगरपालिका–९, नौखरीकी १७ वर्षीया किशोरी ५ जनाको समूहबाट शुक्रबार राति बलात्कृत भएको दाबी परिवार र स्थानीयले गरेका हुन् ।

इलाका प्रहरी कार्यालय, झलारीका प्रमुख प्रहरी निरीक्षक नैन सिंह साउदले शुक्लाफाँटा नगरपालिका–९ कि किशोरी बलात्कृत भएको उजुरीपछि दुई जनालाई नियन्त्रणमा लिएको जानकारी दिए ।

प्रहरीले बलात्कारमा संलग्नको अभियोगमा शुक्लाफाँटा नगरपालिका–९ सिर्सैयाका १९ वर्षीय धीरेन्द्र थापा र सोही ठाउँकै भूपेश ऐरलाई स्थानीयको सहयोगमा पक्रेको हो । अभियोग लागेका अन्य ३ जना भने फरार छन् । उनीहरूको खोजी जारी राखेर घटनाबारे अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक साउदले बताए ।

इलाका प्रहरी कार्यालयले घटनाबारे अनुसन्धान भइरहेको बताइरहँदा जिल्ला प्रहरी कार्यालय, कञ्चनपुर भने अनभिज्ञ छ । उसले अहिलेसम्म किशोरी बलात्कृत भएको जानकारी नआएको बताएको छ । कञ्चनपुर यसअघि निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । घटनाको एक वर्षसम्म दोषी पत्ता नलाग्दा प्रहरी प्रशासनको कडा आलोचना हुँदै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७