तीन प्रतिवेदन पेश


१ भाद्र २०७६, आईतवार
samsad bhawan 1 GYtZbbFHXW

काठमाडौं, १ भदौं । प्रतिनिधिसभाको आजको बैठकमा तीन वटा प्रतिवेदन पेश भएको छ । बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले ‘वन विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७६’ पेश गरेकी छन् ।

यसैगरी राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशि श्रेष्ठका तर्फबाट सांसद कृष्णगोपाल श्रेष्ठले ‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७६’ र ‘२०७६ असार अन्तिम साता परेको अविरल वर्षाका कारण बाढी र डुबानबाट प्रभावित जिल्लाको स्थलगत निरीक्षण तथा अनुगमन प्रतिवेदन, २०७६’ पनि पेश गरे ।

गत वर्ष चैतमा बारा र पर्सा एवं त्यसपछि कैलाली तथा कञ्चनपुरमा गएको हावाहुरी क्षेत्रको स्थलगत अनुगमनको प्रतिवेदन पनि सँगै रहेको उनले सदनसमक्ष जानकारी गराइन् । सो क्षेत्रमा समितिले वैशाख ६ देखि ८ गतेसम्म अनुगमन गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७