मकैबारीमा जहाज अवतरण गराई २३३ यात्रु बचाएका पाइलटलाई ‘हिरो अफ रसिया’ पुरस्कार


१ भाद्र २०७६, आईतवार
plane

काठमाडौं, १ भदौं । ठूलो जोखिमका बीच मकैबारीमा जहाज अवतरण गराई २३३ को ज्यान बचाएका रसियाका पाइलट दामिर युसुपोफ सम्मानित भएका छन् ।

छोटो समयमा सही निर्णय लिई २३३ यात्रुलाई जोगाएका जहाजका पाइलटलाई रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार सम्मानित गरेका हुन् । उनलाई रुसको सबभन्दा ठूलो अवार्ड ‘हिरो अफ रसिया’ सम्मान दिइएको छ ।

बिहीबार चराको बगालसँग ठोक्किएर दुवै इन्जिन खराब हुँदा मकैबारीमा अकस्मात अवतरण गरी २३३ यात्रुलाई ४१ वर्षका पाइलट दामिर युसुपोफले बचाएका थिए । उनले आफू नडराएको भएर मात्रै अकस्मात अवतरण सम्भव भएको बताएका छन् ।

प्लेन उडिसकेपछि एक इन्जिन बिग्रने बित्तिकै विमानस्थललाई घुमेर त्यहाँ अवतरण गर्ने उनले विचार गरेका थिए । तर दुवै इन्जिन बिग्रिएपछि उनीसँग कुनै विकल्प नभएको बताएका छन् । युरल एयराइनस्को ए ३२१को विमानमा २३३ जना सवारमध्ये एक यात्रीलाई मात्रै अस्पताल लगिएको थियो ।
राष्ट्रपति पुटिनले युसुपोफसँगै कोपाइलट २३ वर्षका जोर्जी मुर्जिनलाई पनि ‘हिरो अफ रसिया’ को मेडल प्रदान गरेका थिए । अरु चालक दलका सदस्यलाई पनि रुसका शीर्ष पुरस्कारबाट सम्मानित गरिएको थियो । त्यस अवतरणपछि ७४ जनाले स्वास्थ्य जाँचको माग गरेका थिए । त्यसमध्ये २३ जनालाई अस्पताल लगिएको थियो र एक जना बाहेक अरु सबैलाई डिस्चार्ज गरिएको थियो ।

अमेरिकी राष्ट्रिय यातायात सुरक्षा बोर्डका पूर्व सदस्य जोन गोगलियाका अनुसार चरा र इन्जिन ठोक्किने समस्याको समाधान बाटो वर्षौंदेखि खोजिए हालसम्म भेटिएको छैन । मकैबारीमा ठूलो ढुङ्गा र रुख नभएको हुँदा अवतरणका लागि उत्कृष्ट ठाउँ रहेको गोगलियाले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७