प्रेमिकाकै अगाडि प्रहरी जवानको मृत्यु, मर्नुअघि यस्तो भएको रहेछ


१ भाद्र २०७६, आईतवार
1771 Shares
Death

काठमाडौं, १ भदौं । काठमाडौंको नागार्जुन नगरपालिका–३ स्थित ठूलो भर्‍याङमा एक प्रहरी जवानको आफ्नै प्रेमिकासामु नै रहस्यमय मृत्यु भएको छ । प्रारम्भिक अनुसन्धानमा उनले आत्महत्या गरेकोे आशङ्का प्रहरीको छ ।

महानगरीय प्रहरीवृत्त स्वयम्भूका २६ वर्षीय प्रहरी जवान शङ्कर ठगुन्नाको गएराति प्रेमिकाकै कोठामा मृत्यु भएको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । उनका अनुसार उनीहरु विगत एक वर्षदेखि नै लिभिङ टुगेदरका रुपमा बस्दै आएका थिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

महिलाले प्रहरीमा दिएको बयानअनुसार शनिबार राति करीब १०ः३० बजे उनी मदिरा पिएर कोठामा आएका थिए । प्रेमिकासँग झण्डै ४५ मिनेट भनाभन भएको थियो ।

एकछिन महिला बाहिर निस्किएर फर्किंदा ठगुन्नाले सलको पासो लगाइसकेका थिए । त्यसो नगर्न भन्दाभन्दै आफूलाई हिर्काएर पछारेको र एकछिनपछि उठेर हेर्दा पासो लगाएको देखिएको प्रहरीसँग ती महिलाले भनेकी छिन् ।

jagdamba.cement
rbbbb

‘त्यसपछि महिलाले सलको पासो काटेर एकछिन् मालिस गरिन् तर कुनै प्रतिक्रिया नआएपछि अर्को कोठामा भएका आफन्तको सहयोगमा अस्पताल लगिएको थियो ।’ महिलाको भनाइ उद्धृत गर्दै प्रहरी नायब उपरीक्षक सुवेदीले भने, ‘अन्ततः ठगुन्ना बाँचेनन् ।’

श्रीमान् छाडेर बसेकी ती महिला मजदूरी गर्छिन् । घटनाबारे जानकारी प्राप्त भएपछि राति १ः१५ बजे प्रहरी घटनास्थल पुगेको थियो । ठगुन्ना स्वयम्भू वृत्तमा विसं २०७० देखि कार्यरत थिए । ती महिलालाई नियन्त्रणमा लिइएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७