यी स्वास्थ्य समस्या भएकाले खानु हुँदैन लसुन


१ भाद्र २०७६, आईतवार
lasun

काठमाडौं, १ भदौं । लसुनले हाम्रो खानालाई मीठो बनाउन मात्रै होइन, शरीरलाई पनि फाइदा दिन्छ । यसमा पाइने धेरै किसिमका पौष्टिक तत्वहरूले हाम्रो शरीरलाई स्वस्थ बनाइराख्न पनि धेरै मद्दत गर्दछ । लसुनको नियमित सेवन गर्नाले शरिरका अनेक समस्याका लागि फाईदाजनक हुन्छ । तर, कतिपय अवस्थामा लसुन हानीकारक पनि मानिन्छ । विशेष गरी तलका स्वास्थ्य समस्या भएकाहरुले लसुन खानु राम्रो हुँदैन ।


१. कम रक्तचाप भएको व्यक्ति–सुनको सेवनले शरीरमा नाइट्रिक अक्साइड र हाइड्रोजन सल्फाइड जस्ता रसायनहरूको निर्माणमा मद्दत पुयार्‍उँछ । यी रसायनहरूले मुटुको धमनीहरूलाई आराम दिने गर्दछन् । उच्च रक्तचाप हुनेहरूको लागि लसुन फाइदाजनक हुन्छ तर, कम रक्तचाप हुनेहरूको लागि भने लसुनको सेवन खतरनाक हुन जान्छ ।

२. कलेजोको समस्या भएको व्यक्ति–ब्याक्टेरियालाई मार्ने एन्टिब्याक्टेरियल र एन्टिभाइरल खानेकुरा भएकोले, मानिसहरूले लसुन खाँदा हेपाटाइटिसलाई ठीक गर्दछ भन्ने विश्वास गर्दछन् । हेपाटाइटिस यस्तो रोग हो, जसले मानिसको कलेजोलाई असर गर्दछ । तर, हेपाटाइटिस भाइरसको उपचारको लागि लसुन खानु उचित हुँदैन ।

किनभने, लसुनको सेवनले पेट र आन्द्रामा प्रत्यक्ष प्रभाव पर्दछ, जसले हाम्रो आन्द्रामा पैदा हुने ग्यास्ट्रिक एसिडको मात्रा लाई कम गर्दछ । जसको कारण हाम्रो पाचन प्रणालीमा नकारात्मक असर पर्दछ। यसले बान्ता हुने, रिङ्गटा लाग्ने जस्ता लक्षणहरू निम्त्याउँदछ । त्यसैले हेपाटाइटिस हुनेहरूले लसुनको सेवन नगर्नुहोस् ।

३. शल्यक्रिया गर्न लागेको व्यक्ति–कुनै पनि किसिमको सर्जरी गर्नुभन्दा २ हप्ता अगाडिदेखि लसुन खान छोड्नु पर्दछ । किनभने लसुनले गर्दा सर्जरी पछि रगत नजम्ने हुन्छ र घाउ बिस्तारै पाकेर सङ्क्रमित हुने गर्दछ ।

४. झाडापखाला लागेको व्यक्ति– झाडापखालाले ग्रसित भएको व्यक्तिले लसुनको सेवन गरेमा यसको पीरो स्वादले आन्द्रालाई नकारात्मक असर गर्छ । यस्तो अवस्था हुँदा, दिशा गर्दा कडा पेट दुख्ने, दिसामा रगत देखिने, रिङ्गटा लाग्ने र बान्ता हुने जस्ता लक्षणहरू देखा पर्दछन् । त्यसैले, झाडापखाला लाग्दा लसुनको सेवन नगर्नुहोस् ।

५. आँखा रोग भएको व्यक्ति–आँखा रोगीहरूले लसुनको सेवन गर्नु हुँदैन । विशेष गरी आँखा पाकेको व्यक्तिलाई लसुनले हानी गर्छ । साथै आँखाबाट रगत पनि निकाल्न सक्दछ । आँखा रोगीहरूले लसुनको सेवन गरेमा आँखामा बादल लागेजस्तो हुने, आँखा दुख्ने, टाउको दुख्ने, स्मरण शक्ति घट्दै जाने जस्ता लक्षणहरू देखा पर्दछन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७