शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्नू : सर्वोच्च

काठमाडौं, १ भदौं । वहुविवाहको मुद्दा परेकी अभिनेत्री शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
काठमाडौं जिल्ला अदालतले बहुविवाहसम्बन्धी मुद्दामा पक्राउ पूर्जी जारी गरेपछि उच्च अदालत हुँदै सर्वोच्चसम्म पुगेकी शिल्पालाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले तत्काल पक्राउ नगर्न आदेश दिएको हो ।
चलचित्र निर्माता छवी ओझा र पत्नी शिल्पाको वहुविवाहको मुद्दा जिल्ला, उच्च अदालत हुँदै सर्वोच्च पुगेको थियो । छवीकी पहिलो श्रीमती हेमा ओझाले उनीहरुविरुद्ध वहुविवाहको मुद्दा हालेकी थिइन् । वहुविवाहको मुद्दा दर्ता भएपछि छवी–शिल्पालाई पक्राउ पूर्जी जारी भएको थियो । त्यस लगतै उनीहरु फरार रहेका छन् ।