नगरकोट सडक क्षेत्रका घर टहरामा लगाइयो डोजर, प्रहरी र व्यवसायीबीच झडप


१ भाद्र २०७६, आईतवार
28 Shares
dozar nagarkot

भक्तपुर, १ भदौं । चाँगुनारायण नगरपालिकाले नगरकोट सडकको दायाँबायाँ सामुदायिक वन क्षेत्र अतिक्रमण गरी बनाएको घर टहरा आज डोजर लगाएर भत्काएको छ ।

डोजर लगाएर अतिक्रमण गरी अवैधरुपमा बनाएको ३०० वटा घर टहरा भत्काउन गएको डोजरलाई घरटहरा सञ्चालकले अवरोध गरेपछि प्रहरी र सञ्चालकबीच झडप भएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

नगरपालिका, वन कार्यालय, जिल्ला प्रशासन र प्रहरी समेतको निर्णयबाट अतिक्रमण गरी बनाएका घर टहरा भत्काउने क्रममा अवरोध गरी ढुङ्गा हान्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

प्रहरीले केहीबेर लाठी प्रहार गरेपछि अवरोध गर्न गएको भीड तितरवितर भएको थियो । त्यसपछि स्थानीयले सडकका बीचमा टायर बालेर केहीबेर अवरोध पुर्‍याएका थिए । वन क्षेत्रमा अवैधरुपमा निर्माण गरी सञ्चालन भएको २० वटा व्यावसायिक घरटहरा एक महिना अगाडि नगरपालिकाले भत्काएको थियो । त्यसपछि नगरपालिकाले पटक पटक सूचना जारी गर्दा पनि घर टहरा भत्काउन अटेर गरेपछि नगरपालिकाले आज डोजर लगाएर भत्काएको हो ।

jagdamba.cement
rbbbb

नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले यहाँका घरटहरा हटाउन १० वर्षअघिदेखि नै निर्णय भए पनि कार्यान्वयन नभएको र अहिले त्यसलाई कार्यान्वयन गरेको बताए । नगरपालिका क्षेत्रमा सामुदायिक वन र सडक समेत अतिक्रमण गरी बनाएका घर टहरामा रेष्टुरेष्ट एवं खाजा घरलगायत विभिन्न व्यवसाय सञ्चालन हुँदै आएपछि नगरपालिकाले आफै भत्काउन पटक पटक सूचना जारी गर्दा पनि नभत्काई अटेर गरेपछि आज डोजर लगाएर भत्काएको उनले बताए ।

व्यवसायीले वन क्षेत्र अतिक्रमण गरी घरटहरा बनाएको, व्यवसाय दर्ता नगरेको र कर समेत छली गर्दै आएको भन्दै स्थानीय बासिन्दाले अवैध घर टहरा भत्काउन माग गर्दै आएका थिए । नगरकोट बजार क्षेत्रमा काठमाडौं, भक्तपुर र काभ्रेपलाञ्चोकमा समेत गरी करीब ३०० घरटहरा बनेको जग्गा अतिक्रमण गरी बनेका छन् । नगरकोटमा भक्तपुरतर्फको अवैध घरटहरा भत्काएपछि काभ्रेतर्फको घरटहरा भत्काइने भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७