काठमाडौं प्रहरी प्रमुख सुवेदीलाई गाली गरेको आरोपमा विसी पक्राउ


१ भाद्र २०७६, आईतवार
1575 Shares
bisi

काठमाडौं, १ भदौं । न्यूज २४ का कार्यक्रम प्रस्तोता रवि लामिछानेको विषयलाई जोडेर काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदीलाई गाली गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।

रवि लामिछाने पक्राउको विषयलाई लिएर काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदीविरुद्ध सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको आरोपमा रिदम विसी भनिने शंकर विक पक्राउ परेका हुन् । उनलाई अछामको मंगलसेनबाट पक्राउ गरेर काठमाडौं ल्याइएको हो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

काठमाडौं प्रहरी परिसर टेकुका डीएसपी होविन्द्र बोगटीले विकलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय अछामलाई पत्राचार गरिएको जानकारी दिएका छन् । उनले भने, ‘हामीले पत्र पठाएका थियौं, यहाँ ल्याइपुर्‍याई सकिएको छैन ।’

अछामका प्रहरी प्रमुख जनकबहादुर शाहीले शनिबार विसीलाई पक्राउ गरिएको पुष्टि गरेका छन् । उनले भने, ‘हामीले पक्राउ गरेर पठाइसकेका छौं । अन द वे होलान् ।’ अनुसन्धान अधिकृतका अनुसार, विसीले आफूलाई गायक भएको परिचय दिएका छन् । उनले ‘रवि लामिछाने दाइलाई फसाउने यो नै हो भ्रष्ट’ भन्दै फेसबुकमा स्टाटस लेखेका थिए । जसलाई ५ सय बढीले शेयर गरेका छन् ।

jagdamba.cement
rbbbb

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा काठमाडौं प्रहरी परिसर टेकु र जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले ३० साउनमा लामिछानेसहित युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पक्राउ गरेको थियो । अहिले उनीहरु तीनै जनालाई पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७