गोर्खाज फाइनान्स लिमिटेडको लकर सेवामा ५० प्रतिशत छुट


१ भाद्र २०७६, आईतवार
image001

काठमाठाैं, १ भदौं । गोर्खाज फाइनान्स लिमिटेडले आज (आइतबार) बाट आफ्नो ‘लकर’ सेवामा भारी छुट दिन थालेको छ ।

locker

गोर्खाज फाइनान्स लिमिटेडले आजबाट लकर सेवा शुल्कमा ५० प्रतिशत छुट दिने भएको छ । फाइनान्सले आफ्ना ग्राहकहरुलाई लकर सुबिधा सातदोबाटो तथा न्यूरोड शाखाबाट दिंदै आईरहेको छ । उक्त शाखाहरुबाट लकर सुबिधा लिन चाहनेले यो छुट सुविधा पाउने जनाइएको छ ।

फाइनान्सले बिभिन्न चाड पर्वहरुको शुरुवातसँगै आफ्ना ग्राहकहरु यो सुविधा ल्याएको हो । यो सुबिधासँगै फाइनान्सले निःशुल्क मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, एबिबिएस, डेबिट कार्ड सेवा उपलब्ध गराउने छ । हाल फाइनान्सको सातै वटा प्रदेशमा २३ वटा शाखा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७