पूर्व राजदूत केशव झा हत्या प्रकरण : सुरक्षा गार्ड सानुकान्छा तामाङ फेरि पक्राउ


१ भाद्र २०७६, आईतवार
keshab jha

काठमाडौं, भदौ १  : पूर्वराजदूत केशवराज झा हत्या प्रकरणमा प्रहरीले सुरक्षागार्ड कान्छाराज तामाङ पक्राउ परेका छन् ।

आइतबार तामाङलाई काभ्रेको खोपासीबाट पक्राउ गरिएको महानगरीय अपराध अनुसन्धान महाशाखाका एसएसपी सहकुलबहादुर थापाले बताए । तामाङविरुद्ध झा पत्नी ज्ञानुले काठमाडौं प्रहरी परिसर, टेकुमा किटानी जाहेरी समेत दिएकी छन् ।

८३ वर्षीय झाको गत वर्ष भदौ ३ गते राति काठमाडौंको बबरमहलस्थि आफ्नै निवासमा हत्या भएको थियो। उनको घाँटीमा धारिलो हतियार प्रहार गरेर हत्या गरिएको हो।

३ भदौ राति खाना खाएर सुतेका झा भोलिपल्ट बिहान हत्या भएको अवस्थामा ओछ्यानमै फेला परेका थिए। सधैंको समयमा नउठेपछि पत्नी ज्ञानु झा उनलाई उठाउन कोठामा पुग्दा रगतपच्छे अवस्थामा मृत फेला परेका थिए।

गत वर्ष ४ भदौमा ८० वर्षीया झाको आफ्नै घरभित्र बन्द कोठामा छुरी प्रहार गरी हत्या भएको थियो । लगत्तै, अनुसन्धानका लागि सुरक्षागार्ड तामाङसहित माली आइतेसिंह तामाङ र जयबहादुर गुरुङलाई पक्राउ गरिएको थियो ।

तर, उनीहरुविरुद्ध प्रमाण फेला नपरेपछि सबै छुटेका थिए । सुरक्षागार्डको पोलिग्राफ परीक्षणमा उनले झुठो बोलेको देखिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७