पुडासैनीकी श्रीमतीद्धारा रवि लामिछानेविरूद्ध काठमाडौं प्रहरीमा किटानी जाहेरी


१ भाद्र २०७६, आईतवार
539 Shares
rabi lamichhane

काठमाडौं, भदौ १ :  आत्महत्या गरेका पत्रकार सालिकराम पुडासैनीकी श्रीमतीले जनतासँग सिधा कुरा कार्यक्रमका सञ्चालक रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीविरूद्ध किटानी जाहेरी दिएकी छिन्।

आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंमा उनले आत्महत्या दुरुत्साहनमा तीनै जनाविरूद्ध हदैसम्मको कारबाही माग्दै जाहेरी दिएकी हुन्।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

उनको जाहेरी रुजु गरेर जिल्ला प्रहरी कार्यालय चितवन पठाउने तयारी भइरहेको महानगरीय प्रहरी परिसरले जनाएको छ। तेह्र दिनको काजकिरिया सकिएपछि उनी आइतबार जाहेरी दिन परिसरमा पुगेकी थिइन्। लामिछानेसहित तीनै जनाविरूद्ध अहिले जिल्ला प्रहरी कार्यालय चितवनमा आत्महत्या दुरुत्साहनमा अनुसन्धान चलिरहेको छ।

पत्रकार शालिकरामले मर्नुअघि होटलको कोठामा आफूलाई आत्महत्याका लागि न्युज २४ मा प्रसारण हुने ‘सिधाकुरा जनतासँग’का प्रस्तोता रवि लामिछाने, सोही कार्यक्रमका संवाददाता युवराज कँडेल र नर्स रुकु भन्ने अस्मिता कार्की जिम्मेबार रहेको बयानसहित भिडियो बनाएका थिए। उनले भिडियोमा रविसहितको समूहले कार्यक्रममार्फत् मोटो रकम बार्गेनिङ गर्ने गरेको र यसमा वेलकम एडर्भटाइजिङले मध्यस्थता गर्ने आरोप लगाएका छन्।

jagdamba.cement
rbbbb

प्रहरीले २०७६ साउन ३० मा काठमाडौंबाट रवि, युवराज र अस्मितालाई पक्राउ गरेर चितवन लगेको छ। उनीहरुलाई हिरासतमा राखी आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा अनुसन्धान भइरहेको छ। 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७