सरकारले पहल नगर्दा १५ स्थान विश्व सम्पदा सूचीमा पर्ने सम्भावना टर्दै


२ भाद्र २०७६, सोमबार
Janaki Temple

काठमाडौं, २ भदौं । पुरातत्व विभाग, स्थानीय सरकार र संस्कृति तथा पर्यटन मन्त्रालयले समन्वय नगर्दा देशभरका १५ महत्तवपूर्ण स्थान हालसम्म पनि युनेस्कोको सूचीमा पर्न सकेका छैनन् ।

सन् २००८ मा विश्व सम्पदा सूचीमा सूचीकृत हुन पुरातत्त्व विभागले सम्भावित १५ स्थानको दस्तावेज संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक समूह (युनेस्को) लाई बुझाएको थियो ।

बीचमा सरकारी निकायले युनेस्कोसँग छलफल नगर्दा ललितपुरका बुङमती र खोकना, काभ्रेको पनौती, पाल्पाको तानसेन, जनकपुरको जानकी मन्दिर, जुम्लाको सिन्जा, मुस्ताङको लोमान्थाङलगायत ऐतिहासिक तथा पुरातात्विक महत्व भएका ठाउँ विश्वसम्पदामा पर्ने सम्भावना टर्दै गएको छ । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७