मुख्यमन्त्रीका छोराले आत्महत्या गरे


२ भाद्र २०७६, सोमबार
kumar ashish

नयाँदिल्ली, २ भदौं । झारखण्डका मुख्यमन्त्री रघुवर दासको विधानसभा क्षेत्रमा बिजेपीका बारीडीह मण्डलका आईटी सह–संयोजक कुमार विश्वजीतका छोराले आत्महत्या गरेका छन् ।

२६ वर्षका कुमार आशीष ‘टाटा मोटर्स’ को जबवर्क गर्ने कम्पनी ‘अटोमैटिक एक्सेल’ मा काम गरिरहेका थिए । आफ्नो मृत्युको एक घण्टा पहिले उनी श्रीमतीसँग भेट्न उनको कलेज गएका थिए । यसका साथै उनले आफ्ना साथीहरुसँग पनि समय बिताएका थिए । त्यसपछि घर फर्केका उनले पंखामा झुण्डिएर आत्महत्या गरे । उनलाई चिन्ता थियो कि अटो सेक्टरमा आएको मन्दीका कारण उनको जागिर छुट्ने पो हो कि ?

तर उनले आफू तनावमा रहेकोबारे श्रीमती र साथीहरुलाई कुनै छनक (संकेत) दिएका थिएनन् । उनले कुनै सुसाइड नोट पनि छोडेका छैनन् । प्रहरीले उनको आत्महत्याको कारण खोजी गरिरहेको जनाएको छ ।

‘अहिलेसम्मको अनुसन्धानका क्रममा उनमा जब इनसिक्योरिटी (जागिरलाई लिएर असुरक्षाको भावना) पनि थियो । तर हामीलाई आत्महत्याको मुल कारण पत्ता लगाउन केही समय लाग्ने छ’, जमशेदपुरका एसपी सुभाषचन्द्र जाटले बिबिसीसँग भनेका छन् ।

आशीषका बुवा कुमार विश्वजीत बिजेपी नेता हुनुका साथै टाटा स्टीलका लागि कन्ट्रेक्टमा काम गर्थे । उनले भनेका छन कि उनको कम्पनी (टिस्को) मा पनि ट्रेनिङपछि टेस्ट लिने गरिन्छ ।

‘ट्रेनिङ को प्रक्रिया पूरा गर्न सक्नु केही कठिन छ । कर्मचारीहरुलाई डर छ कि यदि टेस्टमा फेल भएमा अर्को दिन उनीहरुको गेट पास बन्छ या बन्दैन । यस्तोमा उनीहरुलाई आफ्नो जागिरप्रति चिन्ता छ ।’ एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७