असोज दोस्रो साता ‘झापा स्पोर्टस् अवार्ड’, वर्ष खेलाडीलाई मोटरसाइकल


२ भाद्र २०७६, सोमबार
mahila football

झापा, २ भदौं । असोज दोस्रो साता ‘तेस्रो झापा स्पोर्टस् अवार्ड’ हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) जिल्ला समन्वय शाखा झापाको आयोजनामा उक्त स्पोर्टस् अवार्ड गर्न लागिएको हो ।

अवार्ड सम्पन्न गर्न बुद्ध तामाङलाई संयोजक र सचिन सुब्बालाई सहसंयोजकको जिम्मेवारी दिइएको मञ्चका अध्यक्ष हिमाल खरेलले जानकारी दिए । मञ्चले दुई वर्षयता स्पोर्टस् अवार्ड गर्दै आएको छ ।

कार्यक्रममा वर्ष खेलाडी (पुरुष) लाई एक थान मोटरसाइकल, वर्ष खेलाडी (महिला) लाई एक थान स्कुटर तथा वर्ष खेलाडी (युवा), उत्कृष्ट वर्ष प्रशिक्षक र पिपुल्स च्वाइसअन्तर्गत एउटा खेलाडीलाई जनही रु २५ हजार पुरस्कार प्रदान गरिने छ । यस्तै लाइफ टाइम अचिभमेन्ट अवार्डबाट एक जनालाई रु ३५ हजार प्रदान गरिने अध्यक्ष खरेलले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७