यो राइनो होइन गैंडा हो गैंडा : प्रधानमन्त्री

‘नेपालमा राजनीतिक संघर्षको युग सकिएर आर्थिक उन्नती र विकासको युग शुरु’


२ भाद्र २०७६, सोमबार
84 Shares
oli

काठमाडौं, २ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले अब द्रुतगतिमा आर्थिक विकास गर्ने दावी गरेका छन् ।

एशिया प्रशान्त क्षेत्रको नागरिक हवाई नियामक क्षेत्रका महानिर्देशकहरुको ५६ औं सम्मेलनको आज (सोमबार) उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

प्रधानमन्त्री ओलीले संविधानसभाबाट संविधान जारी भएसँगै नेपालको राजनीतिक संघर्षको युग सकिएर आर्थिक उन्नती र विकासको युग शुरु भएको बताएका छन् ।

prg

‘अब हामी हाम्रो यात्रा आर्थिक उन्नती र विकासबाट शुरु गर्छौं । यसका लागि अन्तर्राष्ट्रिय जगतसँग पनि सहकार्य गर्छौं’, प्रधानमन्त्री ओलीले भने, ‘यो सहकार्यका लागि कतिपय अमिल्दा कानुनहरु संशोधन गर्छौं ।’

jagdamba.cement
rbbbb

प्रधानमन्त्री ओलीले नेपाल भौगोलिक रुपमा मात्र नभई विविध क्षेत्रमा विविधता भएको देश भएकाले यहाँ द्रुत विकासको सम्भावना रहेको बताएका छन् । विश्वकै आकर्षकमध्येको एकसिङ्गे गैंडा नेपालमा मात्र पाइने प्रधानमन्त्री ओलीले स्मरण गराएका छन् ।

‘यो राइनो होइन, गैंडा हो गैंडा’, प्रधानमन्त्री ओलीले भने, ‘यसको मौलिक नाम नबिगारौं । यो राइनो होइन ।’ नेपालमा विश्वको अग्लो हिमाल सगरमाथा मात्र होइन विश्वका अग्ला हिमालमध्ये धेरै वटा नेपालमै रहेको बताएका छन् ।

नेपाललाई विश्वमै सुन्दर देश भनिने गरेकोे तर, यसले मात्र नेपालको परिचय अपुरो हुने प्रधानमन्त्री ओलीको भनाइ छ । ‘नेपाल सुन्दर मात्र होइन, प्राकृतिक स्रोतले पनि भरिपूर्ण देश हो’, प्रधानमन्त्री ओलीले भने, ‘यिनै स्रोतको उपयोग गरेर नेपालको विकासलाई तीव्रगतिमा अघि बढाउनु पर्दछ ।’

प्राकृतिक सम्पदा, हिमाल र जङ्गली जनावर हेर्न बर्षेनी लाखौं पर्यटन आउने भएकाले नेपालको ‘कनेक्टिभिटी’ विश्वभरी हुनुपर्र्नेे प्रधानमन्त्री ओलीको धारणा छ । ‘हामी नेपाललाई सुरक्षित गन्तव्यका रुपमा पहिचान गराउन चाहन्छौं । यसका लागि हाम्रो नीति र प्रयासहरु केन्द्रित हुनेछन्’, प्रधानमन्त्री ओलीले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७