अभिनेता सुमन सिंहलाई मातृशोक

काठमाडौं, २ भदौं । नेपाली फिल्ममा राम्रो स्थान बनाएका चकलेटी अभिनेता सुमन सिंहलाई मातृशोक परेको छ ।
६९ वर्षीया सिंहकी आमा विन्दुको सोमबार बिहान साढे ११ बजे निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । विगत डेढ वर्षदेखि ब्रेन स्ट्रोक बिरामी रहेकी उनकी आमा झण्डै दुई महिनादेखि ललितपुरस्थित मेडिसिटी हस्पिटलमा उपचारमा थिइन् ।
सुमनकी आमालाई अन्तिम श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा राखिएको थियो । साँझ ५ बजे उनको हिन्दू संस्कारअनुसार अन्त्येष्टि गरिने बताइएको छ । निधन भएको औपचारिक जानकारी प्राप्त भएसँगै अहिले सामाजिक सञ्जालमा अभिनेता सिंहकी आमाप्रति फिल्मकर्मीले श्रद्धाञ्जली तथा परिवारप्रति सहानुभूति प्रकट गरेका छन् ।