२०७६ भदौ ३ गते मंगलबारको तपाईको राशिफल


३ भाद्र २०७६, मंगलवार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
खानपिनमा सजकता अपनाउनु पर्नेछ । मनमा शंका उत्पन्न हुनेछ । अनावश्यक धन खर्च हुनेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
लगानीको वातावरण बन्ने छ । मुद्दा मामिलामा सफलता पाइने छ । न्यायिक कार्यमा सफलता मिल्ने छ । शुभकार्यको चर्चा चल्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
चुनौतीको सामना गर्नुपर्ला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । मन खिन्न हुने स्थिति आउने छ । बन्न लागेको काम विग्रने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रेमीको सहयोग प्राप्त हुनेछ । सांगीतिक क्षेत्रमा रुची बढ्ने छ । स्वास्थ्यमा सुधार आउँला । वित्तीय संस्थाबाट सहयोग पाइने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
अनावश्यक ठाउँमा धन खर्च होला । आफ्नो विचार विपरीत निर्णय हुनेछ । कामहरु अधुरै रहलान् । वैदेशिक क्षेत्र कमजोर रहला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
लगनशीलताले कामहरु अगाडि बढ्ने छन् । कूटनीतिक नियोगको सहयोग मिल्ला । व्यापार व्यवसायमा औसत लाभ हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
बुद्धिको उपयोग गर्दा जटिल ठानिएको काम समेत सम्पादन हुन सक्ने छ । अतिथिको रूपमा सत्कार पाइएला । आफन्तको सहयोग प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ कामको थालनी हुनेछ । वैदेशिक कार्य अघि बढ्ने छ । बित्तीय संस्थाबाट सहयोग पाइने छ । आँटेको र ताकेको कार्य पूरा होला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
कला र गलाको प्रभाव बढ्ने छ । अचल सम्पती हात पर्ने योग छ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिने छ । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
राजनीति अधिकारमा सफलता मिल्ने छ । अरुलाई प्रभावित पारेर काम बन्ने छ । महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
अरुलाई प्रभावित पारेर काम बन्ने छ । कार्य क्षेत्रमा प्रगति हुनेछ । बन्धु बान्धवबाट सहयोग मिल्ने छ । धार्मिक यात्राको योग छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
शुभ समाचार सुन्न पाइएला । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्ने छ । मनोरञ्जनमा सहभागी भइनेछ । शिक्षामा सफलता मिल्ला ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७