सुन कारोबार ठप्प, गहना बनाउने पेसा नै संकटमा

काठमाडौं, ३ भदौं । चाडपर्व नजिकिँदै गर्दा सुन–चाँदी बजार सुस्ताएको छ । सुन चाँदीको भाउ अन्तर्राष्ट्रिय बजारमै महँगो भएसँगै चाडपर्वको मुखमा समेत नेपाली बजारमा सुनचाँदी बजार सुनसान भएको हो ।
पछिल्लो समय सुन किन्नेभन्दा बेच्ने ग्राहक धेरै आउने गरेको सुनचाँदी व्यवसायीहरु बताउँछन् । सुनचाँदी व्यवसायी हरिकृष्ण श्रेष्ठले भने, ‘सुनको कारोबार ठप्प छ ।’
उनले चाडपर्व नजिकिँदै गर्दा सुनको धमाधम अर्डर आउनुपर्नेमा कारोबार नै शून्य भएको बताए ।
उनको गुनासो छ, ‘सानोतिनो ऋण व्यापार गर्ने हामी जस्तालाई गाह्रो भयो ।’ गोरखापत्र दैनिकबाट