सिंहदरबारभित्रै गरे कर्मचारीले आत्महत्या


३ भाद्र २०७६, मंगलवार
Death

काठमाडौं, ३ साउन । सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको परिसरभित्र एक व्यक्तिको शव भेटिएको छ ।

राष्ट्रिय योजना आयोगका एक कर्मचारीले सिंहदरबारमै आत्महत्या गरेको अवस्थामा भेटिएका हुन् । कार्यालय समय सकिएर सोमबार राति ८ बजेको समयमा सिंहदरबार छिरेका नायव सुब्बा बच्चु केसी राष्ट्रिय योजना आयोगको कार्यालयको अनुगमन हलमा मृत भेटिएका हुन् । प्रहरीका अनुसार सोमबारै राति विष पिएर उनले आत्महत्या गरेको प्रारम्भिक अनुमान गरिएको छ ।

कीर्तिपुरको टौदह घर भएका उनले हिजो बेलुकै विष पिएर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सिंहदरबार क्षेत्रमा जडान गरिएको सिसीटिभी क्यामेरामा उनी सोमबार राति साधारण पोसाकमा सिंहदरबार छिरेको खुलेको छ ।

प्रहरीले अहिले उनको शव भएको स्थानमा मुचुल्का उठाइरहेको छ । केसी मृत भेटिएपछि उनको परिवारलाई झिकाइएको योजना आयोगका एक अधिकारीले जानकारी दिएका छन् । तर, उनले आत्महत्या गर्नुको कारणबारे केही पनि खुलेको छैन ।

घटनाको जानकारीपछि प्रहरी पुगेर अनुसन्धान भइरहेको महानगरीय प्रहरी प्रवक्ता एसएसपी श्याम ज्ञवालीले बताएका छन् । उनले अनुसन्धान भइरहेकाले अहिले नै विस्तृतमा केही भन्न नसकिने जनाएको छ । परिवारसँग जानकारी लिएपछि मात्र घटनाका विषयमा थप कुरा खुल्न सक्ने उनले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७