रवि लामिछानेसहित तीनै जनाको बयान सकियो, म्याद थपका लागि आज अदालत लगिंदै


३ भाद्र २०७६, मंगलवार
rabi lamichhane

चितवन, ३ भदाैं । नुवाकोटका पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा अनुसन्धान लागि पक्राउ पगरिएका टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित युवराज कँडेल र नर्स अस्मिता कार्कीको बयान सकिएको छ ।

बयान सकिए लगत्तै उनीहरुलाई आज म्याद थपका लागि आज (मंगलबार) अदालत लगिंदैछ । यसअघि अनुसनधानका लागि जिल्ला अदालत चितवनले पाँच दिनको म्याद दिएको थियो ।

तर, अनुसन्धानका लागि अझै समय आवश्यक भएकाले म्याद थपका लागि तीनै जनालाई अदालत लग्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी दानबहादुर मल्लले जानकारी दिएका छन् । प्रहरीले पक्राउ गरेका तीनै जनासँग प्रारम्भिक बयान लिइसकेको छ ।

आत्महत्या अघि पत्रकार पुडासैनीले रेकर्ड गरेको भिडियामा आफू रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीका कारण मर्न बाध्य भएको बताएका थिए । यस घटनालाई लिएर अहिले पनि चितवनमा प्रदर्शनहरु भइरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७