सिप्रदीद्वारा क्यासलेस इन्स्योरेन्स योजनामा तीन बिमा कम्पनीसँग सम्झौता


३ भाद्र २०७६, मंगलवार
7 Shares
Cashless Insurance 4 1 ANmetHEZBs

काठमाडौं, ३ भदौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले तीन बिमा कम्पनीसँग सम्झौता गरेको छ ।

सिप्रदीले एनएलजी इन्स्योरेन्स कम्पनी, प्रिमियर इन्स्योरेन्स को (नेपाल) र ओरियन्टल इन्स्योरेन्स कम्पनीसँग नगद रहित बिमा सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । काठमाडौं स्थित सिप्रदी टे«डिङको मुख्य कार्यालयमा आयोजित एउटा समारोहका माझ उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

सिप्रदीका उपाध्यक्ष सौरभराज थपलिया, प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ तथा प्रमुख अपरेटिङ अधिकृत राजेश गिरीको उपस्थितिमा कम्पनीका तर्फबाट सम्झौता पत्रमा हस्ताक्षर भयोे, एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनिल पन्त, प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुधुम्न प्रसाद उपाध्याय र ओरियन्टल इन्स्योरेन्सका क्षेत्रीय प्रबन्धक एम।डी नायरले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

यसअघि सिप्रदीले शिखर इन्स्योरेन्ससँग नगद रहित बिमा गरेको थियो जुन नेपालकै पहिलो हो ।

jagdamba.cement
rbbbb

यो योजनाका मार्फत दुर्घटना भएको खण्डमा टाटा मोटर्सका गाडीका खरिदकर्ताहरू सिप्रदीको बृहत सञ्जाल भएको सर्भिस सेन्टरहरूमा सिधै गई गाडी मर्मत वा बिमा रकम दाबी गर्न सक्नेछन् ।

सिप्रदीका ग्राहकहरूलाई द्रुत, सहजै प्राप्त गर्न सकिने र झञ्झटमुक्त सेवाहरू प्रदान गर्न यो व्यवस्था फाइदाजनक साबित हुने कम्पनीको दावी छ । सिप्रदीले हालसम्म चारवटा बिमा कम्पनीहरूसँग नगद रहित बिमा सम्बन्धी सम्झौतामा हस्ताक्षर गरिसकेको छ र आगामी दिनमा अझ धेरै ग्राहकहरूलाई सेवा उपलब्ध गराउने उद्देश्य सहित अन्य बिमा कम्पनीहरूसँग सहकार्य गर्ने योजना रहेको जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७