पूर्व-पश्चिम राजमार्ग मर्मत हुँदै


३ भाद्र २०७६, मंगलवार
28 Shares
road 1

भीमदत्तनगर, ३ भदाैं । मुलुककै जेठो पूर्व पश्चिम राजमार्गअन्तर्गत कैलालीको चिसापानीदेखि अत्तरियासम्म ‘पाइलोट सडक मर्मत’ कार्यक्रमअन्तर्गत महेन्द्र राजमार्ग मर्मत शुरु भएको छ ।

डिभिजन सडक कार्यालयले राजमार्ग मर्मतका लागि रु २७ करोड ७३ लाख ७७ हजार बजेट उपलब्ध गराएकामा रु १७ करोड ९६ लाखमा मर्मत गर्ने गरी कालिका–जोशी जेभी निमार्ण कम्पन्नीसँग गत फागुनमा ठेक्का सम्झौता भएको थियो।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

उक्त कार्यालयका सूचना अधिकारी लक्ष्मीदत्त जोशीले कैलालीको चिसापानीदेखि अत्तरीया बजारसम्मको नियमित मर्मत सो कम्पनीले गर्नेछ । सो योजनाअन्तर्गत सडकमा रहेका खाल्डाखुल्डी पुर्ने, पर्खाल बनाउने, नाला मर्मत, रेलिङ मर्मत, कल्भर्ड मर्मत र सडक बन्द भए अवरोध पनि हटाउने कार्य समेत हुने उनको भनाइ थियो ।

‘गत फागुनदेखि पाइलोट सडक मर्मत कार्यक्रमअन्तर्गत राजमार्ग मर्मत हुँदैछ’ सूचना अधिकारी जोशीले भने, ‘राजमार्ग जीर्ण हुनाका साथै दुर्घटना पनि बढ्न थालेपछि मर्मत गर्न लागिएको हो ।’

jagdamba.cement
rbbbb

त्यसै गरी पूर्व पश्चिम राजमार्गअन्तर्गत गड्डाचौकीदेखि भीमदत्तनगर बजारसम्म पाँच किलोमिटर सडक दुवैतर्फ चौडा गरिएको उनले जानकारी दिए । चालू आवमा गड्डाचौकीदेखी कैलालीको अत्तरियासम्म सडक मर्मतका लागि रु पाँच करोड विनियोजन गरिएको थियो ।

‘पश्चिमी सीमानादेखि नै राजमार्ग मर्मत शुरु गर्छाै’, उनले भने, ‘नेपाल भ्रमण वर्षलाई पनि टेवा पुगोस् भन्ने हाम्रो पनि उद्देश्य हो ।’ कार्यालयले चालू आवमा राजमार्ग छेउमा रहेका बिजुलीका पोल र रुख हटाउने कार्य गर्ने जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७