काश्मिरबारे भारत र पाकिस्तानी प्रधानमन्त्रीसँग ट्रम्पको फोनवार्ता


३ भाद्र २०७६, मंगलवार
donald trump oval office

वासिङ्टन, ३ भदाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले काश्मिर विवादबारे भारत र पाकिस्तानका प्रधानमन्त्रीसँग छुट्टा–छुट्टै कुराकानी गरेका छन् ।

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्वीटर मार्फत् फोनमा दुवै देशका प्रधानमन्त्रीसँग आफूले कुरा गरेको बताएका छन् । उनले ट्वीटमा भनेका छन्, ‘मैले मेरा दुई असल साथी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री इमरान खानसँग कुराकानी गरेको छु ।’

व्यापार, रणनीतिक साझेदारी, भारत र पाकिस्तानको सहकार्यलगायतका विषयमा पनि कुराकानी भएको ट्रम्पले उल्लेख गरेका छन् । काश्मिर मामिलामा परिस्थिति नराम्रो भए पनि वार्ता निकै राम्रो भएको राष्ट्रपति ट्रम्पले जानकारी दिएका छन् ।

यही अगस्ट ५ तारिखका दिन भारत सरकारले संविधानको धारा ३७० खारेज गरेर जम्मु काश्मिरलाई दिइएको विशेष अधिकार समाप्त गरेको थियो । भारत सरकारले जम्मु काश्मिरलाई केन्द्र शासित प्रदेश तथा जम्मु काश्मिरबाट लद्दाख क्षेत्रलाई अलग गरी अर्को केन्द्र शासित प्रदेश बनाएको थियो ।

भारत सरकारको उक्त घोषणापछि भारत र पाकिस्तानकाबीचमा फेरि सम्बन्ध चिसिएको छ भने विश्व समुदायले पनि चासोका साथ हेरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७