श्रीमानले गरे ४५ युवतीमाथि बलात्कार, श्रीमतीले भिडियो बनाएर बेचिन्

काठमाडौं, ३ भदाैं । आफ्ना श्रीमान अरुसँगै धेरै नजिकिंदा मात्र पनि श्रीमतीले विभिन्न खालका घटना घटाएका उदाहरणहरु पाइन्छ । तर, पाकिस्तानकी एक महिला भने आफ्ना श्रीमानले एक होइन, ४५ युवतीमाथि बलात्कार गर्दा समेत चुपचाप बसिन् ।
त्यति मात्र होइन श्रीमानले युवतीहरुमाथि गरेको बलात्कारको भिडियोलाई उनले पैसा कमाउने माध्यम समेत बनाइन् । पाकिस्तानका एक एक युवकमाथि दर्जन युवतीले यौन शोषण र बलात्कारको आरोप लागेको छ ।
आरोपका आधारमा उनलाई अनुसन्धानका लागि पक्राउ गर्दा आरोपी कासिम जहांगीरले ४५ युवतीमाथि यौन शोषण गरेको स्वीकारेका छन् । यो घटना पाकिस्तानको रावलपिन्डीको हो । उनलाई यो कुकृत्यमा श्रीमतीले पनि सघाउने गरेको खुल्न आएको छ ।
पुलिसले आरोप कासिम जहांगीर र उनकी श्रीमती किरण महमूदलाई पक्राउ गरेको छ । यो जोडीले युवतीहरुलाई यौन शोषण गरेर फोटो र भिडियो बनाउने गरेको खुलेको छ । अश्लील फोटो–भिडियोलाई एडल्ट साइटमा बेच्ने गरेको उनीहरुले बयानमा बताएका छन् ।
ट्रिब्यून डट कम डट पिकेको रिपोर्ट अनुसार आरोपी जोडीले कम्तीमा १० पीडितको भिडियो बनाएको स्वीकारेका छन् । स्थानीय पुलिस अधिकारी मोहम्मद फैसल राणाले अल्लामा इकबाल ओपन युनिभर्सिटीकी एक एमएमसीकी छात्राले उजुरी दिएपछि पुलिसले कारवाही गरेको हो ।
एमएमसीमा पढ्ने विवाहित छात्राले पुलिसलाई आफूलाई जोर्डन कलेज बाहिरबाट अपहरण गरेर चक्कु देखाएर धम्काइएको र आरोपीको घरमा लगिएको बताइन् । त्यसपछि कासिमले आफूलाई बलात्कार गरेको र किरणले त्यतिबेला भिडियो बनाएको जानकारी दिइन् ।
पछि आफूलाई भिडियो र फोटो देखाएर ब्ल्याकमेल गरिएको र राति छोडिएको पनि उनले उल्लेख गरेकी छन् । रिपोर्टका अनुसार आरोपीले ८ देखि १२ वर्षका बालिकाहरुमाथि पनि यस्तो गरेको स्वीकार गरेका छन् ।
आरोपीको घरबाट पुलिसले युवतीको आपत्तिजनक भिडियो र फोटो बरामद गरेको छ । पुलिस अधिकारीका अनुसार यो जोडीले भिडियो र फोटोलाई एक अन्तर्राष्ट्रिय पोर्न वेबसाइटलाई पनि बेचेका थिए ।
पुलिसका अनुसार ल्यापटप, हार्डडिस्क र दुई मोबाइल फोन जफत गरेर फरेन्सिक जाँचका लागि पठाइएको छ । खाटका तन्ना, टिस्यू पेपर र अन्य कागजात पनि डिएनएन अनुसन्धानका लागि दिइएको छ ।
पुलिसका अनुसार जोडीले दुई उद्देश्यसहित यी अपराध गरेका हुन् । उनीहरु ब्ल्याकमेल गरेर पीडित महिलाको परिवारसँग पैसा उठाउन चाहन्थे भने अन्तर्राष्ट्रिय सेक्स ट्रेडर्सलाई भिडियो आपूर्ति गरेर पैसा कमाउन चाहन्थे । एजेन्सी