सिंहदरबार नासु आत्महत्या : सुसाइट नोट भेटियो, ‘थोरै अंश पाइयो भनेर चिन्ता नगर्नू’


३ भाद्र २०७६, मंगलवार
yojana aayog

काठमाडौं, ३ भदाै। सिंहदरबार परिसरमा मृत्त भेटिएका नायव सुब्बाको साथमा ‘सुसाइट नोट’ फेला परेको छ ।

राष्ट्रिय योजना आयोगका नायब सुब्बा बच्चु केसी कार्यालयमै मृत भेटिएका थिए । उनको सुसाइड नोट प्रहरीले भेट्टाएको छ । आत्महत्या गरेका उनको शव नजिकै विषादीको खोल समेत फेला परेको छ ।

अपराधस्थलमा खटिएका एक अधिकृतका अनुसार उनको सुसाइट नोटमा श्रीमतीको नाम लिएर ‘थोरै अंश पाइयो भनेर चिन्ता नगर्नू’ भन्ने लेखेका छन् । आफूले ‘कसैका कारण आत्महत्या गरेको होइन । पत्रकार वा अन्यले अर्को अर्थ नलगाउन्’ भन्ने समेत नोटमा लेखिएको जनाइएको छ ।
घटनास्थलमा पुगेका सिन अफ क्राइम (सोको) अफिसरले केसीको सुसाइड नोट संकलन गरेका छन् ।

यसलाई परीक्षणका लागि प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइने जनाइएको छ । उनको शव भेटिएको ठाउँ नजिकै धान, गहुँको बालीमा प्रयोग गरिने एक किसिमको किटनाशक औषधिको खोल भेटिएको छ ।

औषधिसँगै केराको बोक्रा पनि भेटिएकाले उनले केरामा मिसाएर विष सेवन गरेको आशंका गरिएको छ । मृतक केसी कीर्तिपुर नगरपालिका टौदहका हुन् । उनको मृत्युबारे थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसर, टेकुले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७