उत्तम सञ्जेलकी पत्नीसहित तीन जना कारागार चलान

काठमाडौं, ३ भदाैं । समता स्कुल र अस्पतालका संस्थापक उत्तम सञ्जेलकी पत्नीसहित तीन जना कारागार चलान भएका छन् ।
गएको असार ३ असारमा बौद्धस्थित समता अस्पतालभित्रै आत्महत्या गरेकी रामेछाप दोरम्बाकी २७ वर्षीया बिमला तामाङले सुसाइड नोटमा आफूलाई उत्तम सञ्जेलकी श्रीमती कला सञ्जेल, कर्मचारी पितकुमारी श्रेष्ठ र संगीता केसीले वाध्य पारेको उल्लेख गरिएको थियो । विमला सोही अस्पतालमा काम गर्दै आएकी थिइन् ।
आत्महत्या गर्न दुरुत्साहन पारेको भन्दै तामाङका परिवारले प्रहरीमा तीन जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । प्रहरीले सोही सुसाइड नोटलाई आधार मानेर कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गरेको थियो ।
जिल्ला अदालत काठमाडौंले अहिले उनीहरु तीनै जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । उनीहरु पुर्पक्षका लागि कारागार चलान भएका छन् ।