ओली, प्रचण्ड र देउवालाई ‘काट्छु’ भन्दै खुकुरी देखाउने क्षेत्री पक्राउ

काठमाडौं, ३ भदाैं । सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री केपी ओली, प्रचण्ड र शेरबहादुर देउवालाई काट्छु भन्दै खुकुरी देखाउने युवालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेका युवा बाराका सागर क्षेत्री रहेको प्रहरीले जनाएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत नेताहरुलाई गाली गरेको आरोपमा क्षेत्रीलाई बाराबाट पक्राउ गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
प्रधानमन्त्री ओली, प्रचण्ड र देउवालाई अपशब्द बोल्दै भिडियोमार्फत खुकुरी देखाउँदै काट्छु भनेका सागरलाई पक्राउ गरेको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिएका छन् । पक्राउ परेका उनलाई काठमाडौं ल्याइँदैछ ।
एसएसपी थापाका अनुसार नुवाकोटका पत्रकार शालिकराम पुडासैनी हत्या प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका न्यूज २४ का प्रस्तोता रवि लामिछानेलाई समर्थन गर्दै नेतालाई अपशब्द बोलेपछि क्षेत्रीलाई पक्राउ गरिएको हो ।