रवि लामिछानेसहित तीनै जनालाई थप पाँच दिन थुनामा राख्न आदेश

चितवन, ३ भदौं । जिल्ला अदालत चितवनले न्यूज २४ का प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई थप पाँच दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।
पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा अनुसन्धान गर्न लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई थप पाँच दिन हिरासतमा राख्न आज (मंगलबार) जिल्ला अदालतले आदेश दिएको हो ।
गत हप्ता शुक्रबार पक्राउ परेका लामिछानेसहित तीन जनालाई यसअघि पनि अदालतले पाँच दिन थुनामा राख्न आदेश दिएको थियो । प्रहरीले अनुसन्धान नसकिएको भन्दै थप १० दिन थुनामा राख्न अदालतमा माग गरेको थियो ।