सेञ्चुरी कमर्सियल बैंकद्वारा वैदेशिक रोजगार व्यवसायीहरुकोे लागि बैंक ग्यारेन्टी सुविधा


३ भाद्र २०७६, मंगलवार
28 Shares
centur 1सेञ्चुरी कमर्सियल बैंक

काठमाडौं, ३ भदौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले वैदेशिक रोजगार व्यवसायीहरुकोे लागि बैंक ग्यारेन्टीको सुविधा दिने भएको छ ।

बैंकले मुलुकको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको विपे्रषणसँग प्रत्यक्ष सम्बन्ध राख्ने वैदेशिक रोजगार व्यवसायीहरुलाई सुविधा दिने उद्देश्य सहित हालै नेपाल सरकारले वैदेशिक रोजगार ऐन २०६४ लाई २०७५र११र१९ मा गरेको संशोधन बमोजिम बैंक ग्यारेन्टी सुविधा प्रदान गर्ने निर्णय गरेको हो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

यस अन्तर्गत बैंकले १ करोड ५० लाखको बैंक ग्यारेन्टी तल उल्लेखित बमोजिम पाँच बर्षको लागि जारी गर्नेछ । जसमा नगद मार्जिन २० लाखको हुनेछ भने कमिशन ४ लाखको हुनेछ ।

साथै बैंकले विदेशी मुद्रा सटहीमा आकर्षक सुविधा दिनुको साथै वैदेशिक रोजगारमा जाने कामदारहरुको लागि विशेष खाता सुविधा पनि रहेको जानकारी गराएको छ ।

jagdamba.cement
rbbbb

सुविधाहरुले वैदेशिक रोजगार व्यवसायीहरुलाई काम गर्न सजिलो हुनुको साथै कामदारहरुलाई समेत थप सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७