८ अंकले घट्यो शेयर बजार

काठमाडौं,३ भदौ । सोमबार समान्य सुधार देखिएको नेपाल स्टक एक्चेन्ज ९नेप्से० मंगलबार पुन घटेको छ । मंगलबार नेप्से ८।४३ अंकले घटेर १२१३.६३ पुगेर बन्द भयो । सोमबार नेप्से ९ अंकले बढेको थियो ।
आज नेप्से सँगै ठुला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.७६ अंकले घटेर २६३.१९ अंकमा झरेको छ ।
नेप्से ओरालो लागेसँगै कारोबार रकम पनि घट्यो । सोमबार ३८ करोड रुपैयाँको कारोबार भएको शेयर बजारमा मंगलबाट २७ करोड २५ लाखमा खुम्चिएको छ । आज दिनभरिमा १६५ कम्पनीको ११ लाख ७३ हजार कित्ता शेयर किनबेच भयो ।
आज सबैभन्दा बढी सोल्टी होटलको शेयर कारोबार भयो । होटलको ४ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भयो । यस्तै, रसुवागढी जलविद्युत कम्पनीको शेयर १ करोड ६५ लाख रुपैयाँ बराबरको कारोबार भयो ।
नेप्से सुचक घटेसँगै उपसुचक पनि ओरालो लागेका छन् । आज टे«डिङ र म्यच्युअल फन्ड बाहेक अन्य सबै उपसूचक घटेका हुन् । सबैभन्दा बढी जीवन बीमा ५६.१६ अंकले घट्यो भने निर्जीवन बीमा २५.५९ अंकले घट्यो । तर, टे«डिङ ६.५९ अंकले तथा म्युच्युअल फन्ड ०.०५ अंकले बढ्यो
।
दिनभरको कारोबारमा सबैभन्दा बढी बिशाल बजारका लगानी कर्ताले कमाए भने सबैभन्दा बढी गुमाउनेमा पाँचथर पावर कम्पनीका लगानीकर्ता छन् ।