कांग्रेसमा छलफलबिनै एजेण्डा पारित


४ भाद्र २०७६, बुधबार
congress 2

काठमाडौं, ४ भदौं । कांग्रेस केन्द्रीय समितिको असार २२ गतेको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले १४ बुँदे एजेण्डा पेस गरेका थिए ।

बैठकमा संघीयताअनुसार पार्टीको अन्तरिम संरचना गठनदेखि भ्रातृसंस्था विधान संशोधन र विधानअनुसार अवधि समाप्त भएका भ्रातृसंस्थाबारे छलफल गर्ने कार्यसूची थियो ।

कांग्रेस बैठक एक महिनाका बीचमा एक दर्जनपटक बस्यो । बैठकमा १४ एजेण्डामध्ये आधा पनि छलफल हुन सकेको छैन । ती मध्ये तीन एजेण्डा बैठकले पारित गरेको छ भने कतिपय एजेण्डा बैठकमा प्रस्तुत भए छलफल बिनै पारित भएका छन् ।

असार २९ गतेको बैठकले पार्टीको संशोधित नियमावलीको मस्यौदाउपर आवश्यक सल्लाह गरी प्राप्त सुझावलाई मस्यौदा समितिले सहमतिमा परिमार्जन गर्ने गरी पारित गरेको थियो । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७