महानगरको ब्रुमर खर्च लाखौं, धूलो जस्ताको त्यस्तै

काठमाडौं, ४ भदौं । ‘काठमाडौं महानगरपालिकालाई फोहोरमुक्त, स्वच्छ र हरियाली बनाउन ब्रुमर सञ्चालनमा ल्याइएको छ ।
ब्रुमर सञ्चालन प्रभावकारी हुनेछ,’ काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले झण्डै पाँच महिनाअघि गत चैत्र १२ गते राष्ट्रिय सभागृहमा ब्रुमर उद्घाटन कार्यक्रममा सो कुरा भनेका थिए ।
उनले त्यसरी भाषण गरेको झन्डै पाँच महिना यता महानगरमा असंख्य पटक ब्रुमर गुडे । तर सहरको धुलोको समस्या जस्ताको त्यस्तै रह्यो । सडक पिच नगरिएका तथा भएका खाल्डाखुल्डी नपुरिएकै कारणले ब्रुमरको काम प्रभावकारी हुन नसकेको बताइएको छ ।
सो कार्यक्रममा मेयर शाक्यले सडक विभाग, मेलम्ची खानेपानी आयोजना, केयुकेएल र महानगरपालिका वातावरण विभागको समन्वयमा काठमाडौँका सडकका खाल्डाहरु पिच गर्ने, ढल व्यवस्थापनलगायत कामको बाँडफाँट गरी कार्यान्वयन गर्ने समेत बताएका थिए । नागरिक दैनिकबाट