ट्रान्सफर्मरको सामान चोरी भएपछि ४ सय परिवारको खानेपानी आपूर्ति बन्द

रामेछाप, ४ भदौं । रामेछापको भीरपानीमा खानेपानी आयोजनाको लिफ्टका लागि जडान गरिएको विद्युत् ट्रान्सफर्मरका समान चोरी भएपछि स्थानीयको घरमा खानेपानी आपूर्ति बन्द भएको छ ।
संघीय खानेपाली तथा ढल व्यवस्थापन आयोजनाका इन्जिनियर सीताराम यादवका अनुसार उक्त आयोजनाबाट ४सय परिवारलाई खानेपानी आपूर्ति हुँदै आएको थियो ।
गत राति विद्युत् आपूर्ति भएकै बेला ट्रन्सफर्मरका सामग्री चोरी भएको हो । उक्त ट्रन्सफर्मर झण्डै छ महिनाअघि मात्र खानेपानी आयोजनाअन्तर्गत जडान गरिएको थियो । कान्तिपुर दैनिकबाट