१४० जनाको अकुत सम्पतीमाथि अनुसन्धान हुँदै


४ भाद्र २०७६, बुधबार
money NuUgsLectB

काठमाडौं, ४ भदौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले केही समयपछि अहिलेसम्मकै सबैभन्दा ठूलो भ्रष्टाचारी सार्वजनिक हुने बताएका छन् ।

उनले अख्तियारले अहिले अकुत सम्पत्ति कमाउने १४० जनाको अनुसन्धान गरिरहेको र यो अनुसन्धानपछि अहिलेसम्मकै सबैभन्दा ठूला भ्रष्टाचारीहरु सार्वजनिक हुनेछन् भने ।

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको २४ औँ स्थापना दिवसमा मंगलबार आयोजित ‘सुशासन र राजनीतिक सदाचार’ विषयक छलफल कार्यक्रममा उनले आयोगले अहिले विविध प्रकृतिका एक हजार पाँच सय वटा भ्रष्टाचार मुद्दाको अनुसन्धान गरिरहेको जानकारी दिए । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७