चेल्सी डिफेन्डर जापाकोस्टा इटालियन क्लब रोमामा

काठमाडौं, ४ भदौं । चेल्सी डिफेन्डर डेविड जापाकोस्टा इटालियन क्लब रोमा जाने भएका छन् । २७ वर्षे इटालियन राइट ब्याक जापाकोस्टा चेल्सीले एक सिजनका लागि लोनमा पठाएको हो ।
जापाकोस्टा इटाली पुगिसकेका छन् । जापाकोस्टा सन् २०१७ मा इटालियन क्लब टोरिनोबाट २३ मिलियन पाउण्डमा चेल्सी आएका थिए ।
चेल्सीमा उनले चार वर्षको सम्झौता गरेका थिए । तर, पहिलो सिजनमा २२ खेल खेलेका जापाकोस्टाले २०१८–१९ को सिजनमा जम्मा चार पटकमात्र खेल्न पाए । एजेन्सी