सेनाद्वारा ठूलो संख्यामा सेकेण्ड लेफ्टिनेन्टका लागि दरखास्त माग

काठमाडौं, ४ भदौं । नेपाली सेनाले २५० जना अधिकृत क्याडेट (सेकेण्ड लेफ्टिनेन्ट) को दरखास्त माग गरेको छ ।
नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले रिक्त रहेको पदका लागि २५० जनाको माग गरेको हो ।
जसमध्ये १३१ जना खुला पदका लागि दरखास्त मागएिको छ भने ७ जना सैनिक परिवारका सन्ततीका छुट्याइएको छ । बाँकी २२ जना महिला, ३६ आदिवासी जनजारी, ३१ मधेशी, १७ दलित र ६ पिछडिएको क्षेत्रबाट माग गरिएको छ । दरखास्त दिने अन्तिम मिति असोज २ गतेसम्म रहेको छ भने दोब्बर दस्तुर तिरेर भने असोज ९ गतेसम्म दिन सकिने छ ।
