‘सामाजिक सेवामा प्रहरी श्रीमती सङ्घको महत्वपूर्ण भूमिका’


४ भाद्र २०७६, बुधबार
133 Shares
police

काठमाडौं, ४ भदौं । नेपाल प्रहरी श्रीमती सङ्घले सामाजिक सेवामा महत्वपूर्ण भूमिका खेलेको छ ।

विसं २०४१ भदौ ४ मा स्थापना भएको सङ्घले अपाङ्ग, असाहय, विपन्न परिवारलाई राहत वितरण, तराईमा गएको हावाहुरी र डुबानका बासिन्दालाई लत्ताकपडा तथा औषधि वितरण, लागूऔषधको दुव्यर्सनीमा फसेका व्यक्तिलाई सुधार केन्द्रमार्फत उपचारलगायतका सामाजिक काम गरेको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

यस्तै, हिमाली र पहाडी जिल्लाका गरीब तथा विपन्न परिवारलाई निःशुल्क स्वास्थ्यजाँच, महिलामा हुने रोगको उपचार तथा परामर्शलगायतका कामसमेत गरेको छ ।

सङ्घको ३५ औं वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समाजसेवाको भावले स्थापना भएको प्रहरी श्रीमती सङ्घले सेवामूलक क्षेत्रमा अझ धेरै काम गर्नुपर्ने बताए । ‘सङ्घको आवश्यकता र भूमिका अनुसार प्रहरी श्रीमती सङ्घ अगाडि बढ्नुपर्छ’, उनले भने ।

महानिरीक्षक खनालले दुःखको घडीमा सामाजिक भावनाका साथ अगाडि बढ्ने श्रीमती सङ्घको इतिहासलाई गरिमामय बनाउन आगामी दिनमा महत्वपूर्ण योजनाका साथ अगाडि बढ्नुपर्ने उल्लेख गरे । जति सेवामा समर्पित हुन सकिन्छ त्यति नै प्रशंसा पाउन सकिने उनको भनाइ थियो ।

jagdamba.cement
rbbbb

सङ्घका अध्यक्ष प्रमिला खनालले मानवीय र सामाजिक काममा सङ्घले महत्वपूर्ण भूमिका खेलेको बताउँदै आगामी दिनमा थप व्यापक कार्यक्रम लिएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिन् । लागूऔषध दुव्यर्सनीको उपचारका लागि स्थापना भएको आसरा सुधार केन्द्रलाई थप दुई स्थानमा सेवा विस्तार गरेको अध्यक्ष खनालको भनाइ थियो ।

सङ्घको महासचिव अनु पोखरेलले सेवामूलक भावनका साथ स्थापना भएको सङ्घले विभिन्न सङ्घ संस्थाको सहकार्यमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको जानकारी दिइन् ।

सोही अवसरमा विसं २०७५ को एसइई परीक्षामा सर्वोकृष्ट नतिजा ल्याउन सफल विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो भने नेपाल प्रहरी श्रीमती सङ्घको विभिन्न कार्यक्रममा सहयोग गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो ।

सोही अवसरमा सङ्घका गतिविधि समेटेर हरेक वर्ष प्रकाशित हुँदै आएको ‘सहचरी’ पुस्तकको विमोचन समेत गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७