शुक्रबार सार्वजनिक विदा

कैलाली, ४ भदौं । गौरा पर्वका अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशभरी यही भदौ ६ गते शुक्रबारका दिन सार्वजनिक बिदा दिने भएको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयले विज्ञप्ति जारी गर्दै ‘गौरा पर्व’ का अवसरमा आगामी शुक्रबारका दिन सार्वजनिक बिदा दिने घोषणा गरेको हो । साथै मन्त्रालयले सुदूरपश्चिम प्रदेशका सम्पूर्ण जनसमुदायमा गौरा पर्वका अवसरमा शुभकामना दिएको छ ।
गौरा पर्वका अवसरमा यही भदौ ६ गतेका दिन सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, बझाङ, दार्चुला, डोटी, अछाम र बाजुरामा सार्वजनिक बिदा गरिएको छ ।
