आज पनि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ४ भदौं । बजारमा आज (बुधबार) पनि सुनको भाउ बढेको छ । बुधबार सुनको भाउ रु ३०० ले बढेको छ ।
मंगलबार तोलामा ७१ हजारमा कारोबार भएको छापावाल सुन बुधबार ७१ हजार ३०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुनको मूल्य तोलामा ७१ हजारमा कारोबार भएको छ । यस्तै चाँदी बुधबार तोलामा रु ८३० मा कारोबार भएको महासंघले जनाएको छ । मंगलबार चाँदी रु ८२५ मा कारोबार भएको थियो ।