१७ करोड हिनामिना आरोपमा बैंकका म्यानेजर पक्राउ


४ भाद्र २०७६, बुधबार
bank manager

दाङ, ४ भदौं । आर्थिक हिनामिनाको आरोपमा दाङस्थित देब विकाश बैंक नारायणपुर शाखाका म्यानेजर पक्राउ परेका छन् ।

बैंकको १७ करोड रुपैयाँ आर्थिक हिनामिना गरेको अभियोगमा बैंकका म्यानेजर समिर बुढाथोकी पक्राउ परेका हुन् । बुढाथोकीमाथि बैंकको १७ करोड रकम घोटाला गरेको अभियोग लागेको छ ।

प्रहरीले उनलाई गएराति घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुर क्षेत्रबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जिल्लाको उच्च प्रहरी स्रोतले पक्राउ परेका व्यक्तिका बारेमा बुधवार दिउँसो पत्रकार सम्मेलन गरेर सबै कुरा सार्वजनिक गर्ने जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७