सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्षमा पूर्व महान्याधिवक्ता श्रेष्ठ
श्रेष्ठको नामप्रति द्वन्द्वपीडितहरुको संस्था साझा चौतारीको विरोध

काठमाडौं, ४ भदौं । सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्षमा रमण श्रेष्ठको नाम सिफारिस हुने भएको छ । पूर्व महान्यायाधिवक्ता श्रेष्ठको नाममा तीन शीर्ष नेताले बुधबार सहमति जनाएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आयोग पदाधिकारी नियुक्ति सिफारिस समितिलाई श्रेष्ठको नाम सिफारिस गर्न निर्देशन दिइएको उच्च स्रोतले जानकारी दिएको छ ।
सरकारले आयोगको अध्यक्ष सिफरिसको लागि गत चैत १२ गते पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो ।
श्रेष्ठको नाम सिफारिस हुने लगभग निश्चित भएपछि द्वन्द्वपीडितहरुको संस्था साझा चौतारीले भने विरोध गरेको छ । सिफारिस समितिको बैठक बुधबार अपरान्ह ५ बजे बस्दै छ । स्रोतका अनुसार समितिको आजको बैठकले श्रेष्ठको नाम सिफारिस गर्नेछ ।