‘रवि लामिछानेको नाममा भइरहेको गतिविधि जोगीले कुटीमा आगो लगाएको कथा जस्तै’


४ भाद्र २०७६, बुधबार
kalibahadur

काठमाडौं, ४ भदौं । राष्ट्रियसभाका सांसद कालीबहादुर मल्लले बुधबारको राष्ट्रियसभा वैठकमा पत्रकार पुडासैनी आत्महत्या प्रकरणमा तानिएका टिभी प्रस्तोता रवि लाछिानेको विषय उठान गरेका छन् ।

सांसद मल्लले रवि लामिछानेको नाममा अहिले भइरहेको गतिविधि ‘वेदका श्लोक पढ्न नजानेर जोगीले कुटीमा आगो लगाएको’ कथा जस्तै भएको भन्दै व्यङ्ग्य समेत गरेका छन् ।

सांसद मल्लले पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएका सञ्चारकर्मी रवि लामिछानेको विषयलाई लिएर दुईथरी आवाज उठिरहेको भन्दै आफू आश्चर्यमा रहेको बताएका छन् ।

उनले भने’ ‘विरोधका आवाजहरु हेर्दा वेद पढ्न नजानेर सुन धुनीमा हुन्छ भनेर घरमा आगो लगाउने जोगीको कथा जस्तो रहेको देखिएको छ ।’ उनले यस विषयलाई थप प्रस्ट्याउन कुटीमा आगो लगाउने जोगीको कथा समेत सुनाए । 

एक हुल जोगी वेद पढ्न बसेछन् । वेद पढ्दै जाँदा श्लोकको अर्थ लगाउन जानेनछन् । त्यहाँ श्लोकमा ‘सुन धुनी’ भन्ने वाक्य रहेछ । जोगीले के बुझ्यो भने सुन त धुनीमा पाइने रहेछ भनेर आफ्ना झिटीझाम्टासहित कुटीमा आगो लगाए । भएको अन्नपात, लुगा कपडा मात्र जलेनन् भएको कुटी पनि खरानी भयो । त्यसपछि सुन खोज्न थाले । सुन फेला परेन खरानीमा । अनि उनीहरु रिसाए । उनीहरु चोर्न गएछन् । चोर्न जाँदा पक्राउ परेछन् ।

त्यस देशका राजाले तिनीहरुलाई बोलाए छन् । यिनीहरुलाई फाँसी दिनुपर्‍यो भनेछन् । फाँसीको सजाए सुनाइसकेपछि एक जोगीले भनेछन् । ‘प्रभु मेरा कुरा सुन्नु पर्‍यो ।’ राजाले ल के छ तिम्रो कुरा भनेछन् । वेदमा देखेर विद्यामुरी हामी क्या करौं, मिलेन सुन ध्वोनीमा नचोरी त्यसै मरुँ ।’

उनले वेदका श्लोक पढ्न जनानेर जोगीले आफ्नो कुटीमा आगो लगाएर चोर्न जानु परे जस्तै यो अहिलेको मुद्दा वेद पढ्न नजानेको कुरा त होइन, यसले आशंका पैदा गरेको भन्दै आपत्ति जनाए ।

‘राज्यले अनुसन्धान गर्ने कुरा र न्यायालयले न्याय दिने कुरा आफ्नो ठाउँमा छन् । तर यहाँ दुईथरी आवाज सुनिरहेका छन् । यो कस्तो अचम्म भइरहेको छ’, उनले भने । सांसद मल्लले सरकारले परिकल्पना गरेका र बोलेका राम्रा कुराको पनि टिका टिप्पणी हुने गरेको भन्दै आपत्ति जनाएका छन् ।

सांसद कालीबहादुर मल्लले समृद्ध नेपाल सुखी नेपाली बनाउने सरकारको लक्ष्यलाई सबैले साथ र सहयोग दिन आग्रह गर्दै समाजिक सञ्जालले कसैलाई दोषी र निर्दाेष प्रमाणित गर्न नसक्ने बताए । उनले भने, ‘भीडतन्त्रले न्याय निरुपण गर्ने होइन, न्यायालयले न्यायको निरुपण गर्छ । संविधानको रक्षा सबैले गर्नुपर्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७