रवि लामिछाने पत्नी निकिताको जाहेरी प्रहरीले लिएन

चितवन जान प्रहरीको सुझाव


४ भाद्र २०७६, बुधबार
266 Shares
Ravi Nikita 25012019013500

काठमाडौं, ४ भदौं :  प्रहरीको क्षेत्राधिकार भित्र नपरेपछि टेलिभिजन कार्यक्रमका प्रस्तोता रवि लामिछानेकी पत्नी निकिता पौडेलको जाहेरी महानगरीय प्रहरी परिसर काठमाडौँले लिन अस्वीकार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्लसहित दुई पत्रकारबिरुद्ध साइवर क्राइममा उजुरी दर्ता गर्न पुगेकी निकितालाई प्रहरीले कार्यक्षेत्र बाहिर भन्दै दर्ता नगरेको हो ।पौडेलले दिएकी जाहेरी महानगरीय प्रहरी परिसर काठमाडौंले दर्ता नगरी चितवन जान सुझाव दिएको छ ।

पौडेलले चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ र नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरूद्ध जाहेर दिनका लागि निकिता प्रहरी कहाँ पुगेकी थिइन् ।

घटना, भिडिओ, आरोपीहरूमाथि चितवन प्रहरीले नै छानबिन गरिरहेकाले निकिताको जाहेरी काठमाडौंबाट हेर्न नमिल्ने भएकाले उतै जान सुझाव दिएको प्रहरी उपरीक्षक अशोक सिंहले बताए । उनले अदालतमा मुद्दा चलिरहेकोले न्यायिक प्रकृयाबाटै अघि बढ्न निकितालाई सम्झाइ बुझाइ पठाएको सिंहले बताए ।

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा सार्वजनिक भएको भिडिओ कीर्ते गरेको आरोपमा तीन जनाविरूद्ध प्रहरीमा जाहेरी लिएर उनी काठमाडौं परिसर गएकी थिइन्।

गत साउन २० गते चितवनको होटल कंगारुमा आत्महत्या गरेका पुडासैनीले आत्महत्या अगाडि छाडेको भिडयोमा रविले आफूलाई आत्महत्या गर्न बाध्य बनाएको उल्लेख गरेका छन्। त्यही आधारमा प्रहरीले रविसहित तीन जनालाई हिरासतमा लिएर अनुसन्धान अगाडि बढाएको छ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

प्रहरीले लामिछानेसहित पत्रकार युवराज कँडेल र रुकु भनिने अस्मिता कार्कीलाई मंगलबार दोस्रो पटक जिल्ला अदालत चितवनमा पेस गरेको थियो। अनुसन्धान नसकिएको भन्दै प्रहरीले ५ दिन थुनामा राख्न माग गरेकोमा अदालतले ५ दिनकै लागि म्याद दिएको हो।

२०७६ साउन ३० मा काठमाडौंबाट नियन्त्रणमा लिएका उनीहरुलाई पहिलो पटक ३१ साउनमा अदालत उपस्थित गराइएको थियो। त्यतिबेला पनि अदालतले ५ दिन नै थुन्न आदेश गरेको थियो।

jagdamba.cement
rbbbb

पत्रकार शालिकरामले मर्नुअघि होटलको कोठामा आफूलाई आत्महत्याका लागि न्युज २४ मा प्रसारण हुने ‘सिधाकुरा जनतासँग’का प्रस्तोता रवि लामिछाने, सोही कार्यक्रमका संवाददाता युवराज कँडेल र नर्स रुकु भन्ने अस्मिता कार्की जिम्मेबार रहेको बयानसहित भिडियो बनाएका थिए। उनले भिडियोमा रविसहितको समूहले कार्यक्रममार्फत् मोटो रकम बार्गेनिङ गर्ने गरेको र यसमा वेलकम एडर्भटाइजिङले मध्यस्थता गर्ने आरोप लगाएका छन्।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७