गायक मिक्का सिंहलाई भारतमा प्रतिबन्ध, सलमानलाई पनि प्रतिबन्धको सम्भावना


४ भाद्र २०७६, बुधबार
Salman

काठमाडौं, ४ भदौं । बलिउड स्टार गायक मिका सिंहलाई भारतमा प्रतिबन्ध लागेको छ । उनले पाकिस्तानका पूर्व राष्ट्रपति पर्वेज मुशरफको पारिवारिक विवाह भोजमा सरिक भएको र गीत गाएको कारण अखिल भारतीय चलचित्र मजदुर संघले प्रतिबन्ध लगाएको हो ।

यसैबीच सलमान खान अमेरिकाका शहरहरुमा आफ्नो ‘शो’ लिएर जाँदैछन् । जसमा मिका सिंह पनि सहभागी हुनेछन् । उक्त कुराको हल्ला चलेपछि संघले यदि सत्य हो भने सलमान खानलाई पनि प्रतिबन्ध लाग्ने चेतावनी दिएको छ । आयोजकले कुनै पनि शोहरुमा सलमान र मिकाको भेट नहुने बताएको छ ।

सलमानका भाइ सोहेल खानको कम्पनीले उक्त शोहरु आयोजना गरेको हो । कम्पनीले मिकालाई अनुबन्ध नगरेको तर, अमेरिकास्थित स्थानीय कम्पनीले अनुबन्ध गरेको भए आफूलाई थाहा नभएको जनाएको छ ।

चलचित्र मजदुर संघले मिकालाई प्रतिबन्ध लागेको अवस्थामा जोकोहीले उनीसँग काम गर्छ उ पनि प्रतिबन्धित हुने कुरा स्पष्ट पारेको छ । मिकालाई प्रतिबन्ध लागेपछि कुनै पनि कलाकार उनीसँग नजिकिएका छैनन् । मिकाले आफूले गल्ती गरेको स्वीकारी सकेपछि पनि उनको प्रतिबन्ध फुकुवा भएको छैन । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७