२०७६ भदौं ५ गते बिहीबारको तपाईको राशिफल


५ भाद्र २०७६, बिहीबार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ने छ । धैर्य एवं लगनशीलताले अवसर दिलाउने छ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
ठीक समयमा सही निर्णय लिन सकिने छ । राजनैतिक क्षेत्रमा सफलता मिल्ने छ । व्यापार व्यवसायमा सफलता मिल्ने छ । लाभदायक यात्रा हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज भाग्यले विभिन्न अवसर जुराउने छ । घरमा अतिथीको आगमन हुनेछ । महत्वपूर्ण कामको थालनी हुनेछ । आँटेको काम पनि पूरा होला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
परिश्रम अनुसार उपलब्धी पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्ने छ । मनमा कला, साहित्य तथा संगीतमा रुची बढ्ने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
साथीभाइले पनि राम्रै सहयोग जुटाउने छन् । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने छ । घरमा अतिथीको आगमन हुनेछ । भूमिबाट लाभ मिल्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
भाग्यले विभिन्न अवसर जुराउने छ । नयाँ काम शुरु गर्ने समय छ । वाक्चतुर्याईले सङ्कल्पसिद्ध हुनेछ । धर्म, कर्म तथा समाज सेवामा मन लाग्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
शरीरमा स्फूर्ति र उमङ्गको कमी आउने छ । यात्रामा मालसामान हराउन सक्छ । सानो तिना समस्यामा अल्झिनु पर्नेछ । स्वास्थ्यमा खर्च बढ्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
शुभारम्भको चर्चा चल्ने छ । सांस्कृतिक क्षेत्रमा रुची बढ्ने छ । अनुहारमा कान्ति छाउने छ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धी हातपार्न नसकिएला । सहकर्मीबाट विरोध आउँला । नियमित खर्च समेत बढ्ने योग छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अरुलाई प्रभावित पारेर काम बन्ने छ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्ने छ । व्यापारमा मनग्ये धन लाभ हुनेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
बन्न लागेको काम विग्रिनेछ । स्वस्थ्यसम्बन्धी चिन्ता बढ्ने छ । सामान हराउने वा चोरी हुने सम्भावना छ । साझेदारी काममा उल्झन आउने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ । रोकिएका काम पुनः शुरु हुन सक्छन् । आर्थिक कारोवारमा सफलता पाइएला । लाभदायक यात्रा होला ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७