स्वीकृत भयो अधुरो द्रुतमार्गको डीपीआर


५ भाद्र २०७६, बिहीबार
fast track

काठमाडौं, ५ भदौं । तराई–मधेस द्रुतमार्गको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ । उक्त दु्रतमार्गको डीपीआर स्वीकृत भएसँगै अब दु्रतमार्ग निर्माणको बाटो खुलेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।

मुलुकको पहिलो प्राथमिकताप्राप्त तथा राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत सो द्रुतमार्गको डीपीआर भदौ २ गते बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरी नेपाली सेनालाई प्राप्त भएको उनले स्पष्ट पारे ।

कोरियाको सुसुङ इन्जिनियरिङ कन्सल्टिङ कम्पनीले तयार गरेको डीपीआर स्वीकृत भएको हो । यसअघि भारतीय कम्पनीले बनाएको डीपीआर अस्वीकृत भएको थियो ।

मन्त्रिपरिषदले द्रुतमार्गको डीपीआर स्वीकृत गरे पनि डीपीआर अधुरो रहेको छ । केहि स्थानमा बनिनु पर्ने पुलको डिजाइन नै डीपीआरमा समेटिएको छैन । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७