श्रीमती र दुई वर्षीय छोरालाई घरभित्र थुनेर आगो


५ भाद्र २०७६, बिहीबार
SitaramAdhikari Dhanding RSS DSC005511

धादिङ, ५ भदौं । धादिङको सिद्धलेक गाउँपालिका–१ धारापानीका गणेश लम्सालले श्रीमती र २ वर्षीय छोरालाई घरभित्रै थुनेर आगो लगाएका छन् ।

घरायसी विवादका कारण श्रीमती विमला दराइ लम्साल र छोरा जेनिस लम्साललाई सोमबार मध्यराति धन्सारमा थुनी तारपिन तेल छर्किएर आगो लगाई धन्सारको जस्तापाता झिकेर भागेका थिए ।

बलिरहेको आगोको लप्काको बीचबाटै छोरा बोकेर विमला सोही जस्तापाता निकालेको ठाउँबाट बाहिर हामफालेर गुहार मागेपछि घटनाबारे स्थानीयले थाहा पाएको धादिङ प्रहरीले जनाएको छ । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७