झापा र ईलाम मालपोत कार्यालयमा प्रभु बैंक काउण्टर


५ भाद्र २०७६, बिहीबार
prabhu bank MZ9osOdZEt

काठमाडौं, ४ भदौ । प्रभु बैंकले झापा र ईलाम जिल्लाको मालपोत कार्यालयमा एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको छ ।

झापा तथा ईलाम जिल्लास्थित मालपोत कार्यालयमा आउने सेवाग्राहीहरुले अब विना झण्झट प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा रहेको सम्बन्धित मालपोत कार्यालयको खातामा राजश्व रकम जम्मा गरी सरल र सहज रुपमा मालपोत कार्यालयको काम गर्न सक्नेछन् ।

एक्स्टेन्सन काउण्टरहरुबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरु प्रभु बैंकको बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने तथा दुवै मालपोत कार्यालयको राजश्व संकलन प्रक्रियामा सहजता आई राजश्व संकलनमा टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७