ओलीको अनुपस्थितिमा प्रचण्ड कार्यकारी भूमिकामा


५ भाद्र २०७६, बिहीबार
CPN Meeting

काठमाडौं, ६ भदौ :  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा पार्टी बैठकको अध्यक्षता अर्का अध्यक्ष प्रचण्डले गर्ने भएका छन् ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा नेकपाका अध्यक्ष ओलीले आफू स्वास्थ्योपचारका लागि सिंगापुर जान लागेको जानकारी गराउँदै आफ्नो अनुपस्थितिमा पनि पार्टीको बैठक बस्ने जानकारी गराएका हुन् ।

सचिवालयको बैठकले प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गर्दै एकताका काम अर्का अध्यक्ष प्रचण्डको अध्यक्षतामा अगाडि बढाउने निर्णय गरेको बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । एकताका बाँकी काम अर्का अध्यक्ष प्रचण्डको अध्यक्षमा बसेर टुंग्याइने भएको छ ।

तत्कालीन एमाले र माओवादीबीच एकतापछि बनेको नेकपामा दुई अध्यक्षको व्यवस्था गरिएको भए पनि अहिलेसम्म बैठकको अध्यक्षता केपी शर्मा ओलीले गर्दै आएका थिए । यसअघि ओली विदेशमा रहँदा पार्टीका औपचारिक बैठकसमेत प्रभावित भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७