माछापुच्छ्रे बैंक ऋणपत्रमा ३ करोड बढी आवेदन


५ भाद्र २०७६, बिहीबार
Machhapuchhere

काठमाडौं,५ भदौं । माछापुच्छ्रे बैंकले ऋणपत्रमा माग गरेभन्दा बढी आवेदन परेको छ ।
बैंकले साउन ६ गतेदेखि जारी गरेको ३ अर्ब बराबरको ऋणपत्रमा माग गरेभन्दा बढी आवेदन परेको हो । आइसीआरएएन आइबार ए माइनस रेटिंग प्राप्त माछापुच्छ्रे ऋणपत्रमा बजारमा लगानी योग्य रकम अभाव देखिइरहेको परिप्रेक्ष्यमा पनि आशा गरिए भन्दा बढी आवेदन परेको बैंकले जनाएको छ ।

ऋणपत्रमध्ये मागगरेभन्दा बढी आवेदन प्राप्त माछापुच्छ्रे बैंक पहिलो बैंक हो । बैंकले बार्षिक १०.२५ प्रतिशत ब्याजदरसहित १० वर्ष अवधिको लागि ३ अर्बको ऋणपत्र जारी गरेको थियो । बैंकले २५ कित्तादेखि अधिकतम ११ लाख ७० हजार कित्ताका लागि आवदेन गर्न सक्नेगरी छिटोमा साउन ९ गते तथा ढिलोमा भदौ ३ गतेसम्मका लागि निश्कासन भएको ऋणपत्रमा अपेक्षा गरेभन्दा बढी आवेदन परेको बैंकले जनाएको छ ।

बैंकमा ग्राहको अपार माया र विश्वासको प्रतिफलस्वरुप बैंकले जारी गरेको ऋणपत्रमा अपेक्षाभन्दा बढी आवेदन परेको बैंकले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७